Skip to main content

सरोकार पोस्ट

राष्ट्रसंघले भन्‍यो : सन् २०३० सम्ममा एड्सको नियन्त्रण सम्भव छ

Advertisement

२९ असार, काठमाडौं । संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्ममा ‘एड्सको नियनत्रण’ अझै सम्भव रहेको बताएको छ तर विश्व नेताहरूले अवसरको सदुपयोग गरेमात्र विश्वको सबैभन्दा घातक महामारी रोक्न सकिने चेतावनी दिएका छन् ।

‘एड्सलाई सार्वजनिक स्वास्थ्य खतराको रूपमा अन्त्य गर्न सकिन्छ किनकी यसले लगानी, प्रमाणमा आधारित रोकथाम र उपचारको रोडम्याप, नागरिक समाजलाई सशक्तीकरण र असमानताहरूको सामना गर्न प्रगतिलाई रोक्छ,’ एचआईभी एड्ससम्बन्धी संयुक्त राष्ट्रसंघीय कार्यक्रम (यूएनएड्स)ले भनेको छ ।

युएनएड्सले महामारीको अन्त्य राजनीतिक र आर्थिक विकल्प भएको बताएको छ । एजेन्सीका कार्यकारी निर्देशक विनी ब्यानिमाले भने, ‘हामी एड्सको अन्त्य गर्ने बाटोमा अझै पुगेका छैनौं, तर हामी त्यो प्रयासमा सफल हुन सक्छौँ ।’

संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्ममा एड्सलाई जनस्वास्थ्यका लागि खतराका रूपमा अन्त्य गर्ने लक्ष्य सन् २०१५ मा लिएको थियो । ब्यानिमाका अनुसार एचआईभी अर्थात् एड्स गराउने भाइरसबारे सबैभन्दा ठूलो प्रगति ती देश र क्षेत्रमा भइरहेको छ, जसले कडा लगानी गरेका छन् ।

उनले पूर्वी र दक्षिणी अफ्रिकालाई उद्धृत गर्दै भने, ‘ती मुलुकमा सन् २०१० यता नयाँ एचआईभी सङ्क्रमण ५७ प्रतिशतले घटेको छ ।’

बोत्सवाना, इस्वातिनी, रूवान्डा, तान्जानिया र जिम्बाब्वेले ९५-९५-९५ को लक्ष्य हासिल गरिसकेका छन् । यसको अर्थ एचआईभी सङ्क्रमितमध्ये ९५ प्रतिशतलाई आफ्नो अवस्था थाहा छ । एचआइभी भएको थाहा पाएकामध्ये ९५ प्रतिशत उनीहरूले आफूलाई जीवन बचाउने एन्टी-रेट्रोभाइरल उपचार गराइरहेका छन् ।

सङ्क्रमितमध्ये ९५ प्रतिशत मानिसहरू सङ्क्रमणलाई दबाउन उपचार गरिरहेका छन् । त्यसैले अरूलाई सङ्क्रमित गर्ने सम्भावना छैन ।

कम्तीमा पनि १६ वटा अन्य देश यो लक्ष्य हासिल गर्ने उद्देश्यको नजिक पुगेका छन् । ९५ प्रतिशतको लक्ष्य हाँसिल गर्ने मुलुकमा ६५ प्रतिशत एचआइभी सङ्क्रमित बसोबास गर्ने उप-सहारा अफ्रिकाका आठ र डेनमार्क, कुवेत र थाइल्याण्डलगायत आठ मुलुक रहेका छन् ।

युएनएड्सले एक प्रतिवेदनमा भनेको छ, ‘दुई दशकअघि एड्सको महामारी रोक्न नसकिने जस्तो देखिन्थ्यो, हरेक वर्ष २५ लाखभन्दा बढी मानिस एचआईभी सङ्क्रमित हुने र एड्सले वार्षिक २० लाख मानिसको ज्यान लिने गरेको थियो । तर अहिले त्यो चित्र नाटकीय रूपमा फरक छ ।’

युएनएड्सका अनुसार सन् २०२२ मा विश्वमा तीन करोड ९० लाख मानिस एचआइभी सङ्क्रमित थिए जसमध्ये दुई करोड ९८ लाखले एन्टी रेट्रोभाइरल थेरापीको प्रयोग गरिरहेका छन् । यो सेवाबाट छुट्टनेमा छ लाख ६० हजार बालबालिका रहेका छन् ।

सन् २०१० मा एन्टी-रेट्रोभाइरल उपचारको सङ्ख्या ७७ लाख रहेकोमा अहिले चार गुणाले वृद्धि भएको छ । यसबाहेक, एचआईभी सङ्क्रमित ८२ प्रतिशत गर्भवती र स्तनपान गराउने महिलाहरूले सन् २०२२ मा एन्टी-रेट्रोभाइरल उपचारको पहुँच पाएका थिए । यो सङ्ख्यासन् २०१० मा ४६ प्रतिशत थियो ।

गत वर्ष करिब १३ लाख मानिस एचआइभी सङ्क्रमित भएका थिए, जुन सन् १९९५ को तुलनामा ५९ प्रतिशतले कम हो । यसैबीच एड्ससँग सम्बन्धित रोगका कारण छ लाख ३० हजार मानिसको मृत्यु भएको र मोजाम्बिकलगायतका देशमा यो अझै पनि ‘मृत्युको एक नम्बर कारण’ रहेको ब्यानिमाले बताए ।

सन् २००४ को तुलनामा एड्सका कारण हुने मृत्युको सङ्ख्या मा ६९ प्रतिशतले कमी आएको प्रतिवेदनमा उल्लेख छ । ‘एड्सको अन्त्य एउटा अवसर हो,’ ब्यानिमाले भने ।  ‘आजको विश्व नेतृत्वलाई ‘संसारको सबैभन्दा घातक महामारीलाई रोक्नेहरूका रूपमा सम्झने अवसर  प्रदान गर्न यसको नियनत्रणमा उनीहरूले खेल्ने भूमिका रहने छ ।’

सन् २०२२ मा एचआइभीका लागि दिइने अनुदान २०.८ अर्ब डलरमा झरेको छ, जुन सन् २०१३ को जस्तै हो र सन् २०२५ सम्ममा आवश्यक पर्ने २९.३ अर्ब डलरभन्दा निकै कम हो ।

‘मुख्य जनसङ्ख्या वा उनीहरूको व्यवहारबाट मानिसहरूलाई अपराधीकरण गर्ने कानूनहरू धेरै राष्ट्रहरूमा लागू छन्,’ लागुऔषध इन्जेक्टरहरूको अपराधीकरण र कलङ्कले उनीहरूलाई उपचारको लागि अगाडि आउनबाट रोक्छ भन्ने उदाहरण दिँदै यूएनएड्सले भनेको छ ।

सन् २०२२ मा १५ देखि ४९ वर्ष उमेर समूहका वयस्कको तुलनामा पुरुषसँग यौन सम्बन्ध राख्ने पुरूष एचआईभीको सङ्क्रमण ११ गुणा बढी देखिएको थियो भने यौनकर्मीहरूमा चार गुणा बढी; लागूपदार्थको सुई लगाउन मानिसमा सात गुणा बढी; र ट्रान्सजेन्डर व्यक्तिहरूमा १४ गुणा बढी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Fastest way to play Aviator Game India: official site access with seamless UPI and

The world of online casino gaming in India is evolving rapidly, and players are keen to discover trusted platforms offering bo...

Why Trung tâm dinh dưỡng TPHCM is trending for crash game players in India:

As online casino gaming surges in popularity across India, players are constantly searching for platforms that deliver both ex...

Fast-track your LMU Build casino experience: official site, bonuses, and secure player

The world of online casinos continues to evolve at a rapid pace, and LMU Build offers players in 2026 a comprehensive guide to...

Why Aviator Game India is the go-to crash game for real cash wins and

Playing at a casino in India is no longer just about traditional games—it’s about accessing exciting crash games and real cash...