Skip to main content

सरोकार पोस्ट

वीरगञ्ज पुगेका दुर्गा प्रसाईं पक्राउ

Advertisement

काठमाडौं ।
मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं वीरगञ्जबाट पक्राउ परेका छन् ।
प्रहरी स्रोतका अनुसार प्रसाईंलाई वीरगञ्जस्थित दियालो होटलबाट सोमबार साँझ पक्राउ गरिएको हो । पक्राउका क्रममा प्रहरीले “माथिको आदेश” आएको भन्दै नियन्त्रणमा लिएको बताइएको छ ।

यद्यपि, उनीमाथि कुन कसुरमा कारबाही गरिएको हो भन्ने विषयमा प्रहरीले औपचारिक जानकारी दिएको छैन । प्रहरी स्रोतले पक्राउको पुष्टि गरे पनि विस्तृत विवरण सार्वजनिक भइसकेको छैन ।
प्रसाईं सोमबार सिमरा विमानस्थल हुँदै वीरगञ्ज पुगेका थिए । मंगलबार वीरगञ्जमा आयोजना हुने कार्यक्रममा सहभागी हुन पुगेका उनले विमानस्थलमै सञ्चारकर्मीसँग समसामयिक राजनीतिक विषयमा धारणा राखेका थिए ।

उनले वर्तमान सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही सांसदमाथि आलोचनात्मक टिप्पणी गरेका थिए । त्यसलगत्तै उनी पक्राउ परेपछि घटनाले नयाँ राजनीतिक तरंग पैदा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

छुटाउनुभयो कि ?

O valor e os limites de comparar opções de entretenimento online

Uma comparação só é útil quando ajuda cada pessoa a responder às próprias prioridades, em vez de declarar uma opção vencedora para...

Exploring payment methods at 1Win India: fast, reliable, and secure options

In the ever-evolving world of online gambling, payment methods play a crucial role in ensuring a seamless experience for playe...

What to expect from 1Win India: a guide to secure payments and thrilling gameplay

As online gaming continues to evolve, platforms like 1Win India are becoming increasingly popular among players seeking exciti...

Zahraničné kasína pre Slovákov: Najlepšie promo ponuky, ktoré by ste nemali prehliadnuť

V súčasnosti sa čoraz viac Slovákov zaujíma o zahraničné kasína, ktoré ponúkajú atraktívne promo ponuky a široký výber hier. T...