प्यूठान । नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको चौथो जिल्ला अधिवेशन सर्बसम्मत सम्पन्न भएको छ। थानेश्वर न्यौपाने अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् । यस्तै सबै पदहरुमा सर्बसम्मत भएको हो । 
उपाध्यक्ष पदमा ६ जना चयन भएकाछन् । जस्मा जगत जिसी, अस्मिता बुढाथोकी, पुतला जिसी, बसन्तलाल पुरी, प्रथम गुरुङ र कमल परियार चयन भए । यसैबिच सचिबमा शेरसिंह थापामगर र सह-सचिव समाबेसी सहित ४ जनामा केसव केसी, जनकबहादुर पुन, लक्ष्मी न्यौपाने, र केसव पुन चयन भएकाछन् । कोषाध्यक्ष पदमा भर्जिन न्यौपाने चयन भए भने बाँकी ९ जना सदस्य र ८ जना केन्द्रीय प्रतिनिधि चयन भएको निर्वाचन समितिका संयोजक कौशलराज बैद्यले बताउनु भयो ।
मिन बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि नेपाली कांग्रेस प्यूठानका सभापति बिष्णु कुमार गिरी हुनुहुन्थ्यो। कार्यक्रममा सम्बोधन गर्दै उहाँले जनतामा नकारात्मक विचार प्रवाह भएको हुँदा सबै क्षेत्रका कर्मचारीले सकारात्मक रुपमा सेवा प्रवाह गर्दै नकारात्मक बिषयहरु चिर्दै जान आवश्यक रहेको बताउनुभयो। यसै बिच उहाँले देसभर हाल १० हजार बढी बिभिन्न स्वास्थ्य संस्थाहरु स्थापित भई सेवा प्रवाह हुँदै आएकोले जनताको सहज पहुँच रहेकोमा गर्भ गर्दै यो नीति नेपाली कांग्रेसले अवलम्बन गरी लागु गर्न सफल भएको बताउनु भयो । कार्यक्रममा संघका केन्द्रीय सचिव कौशलराज बैद्य, नेपाल प्रेस युनियन प्यूठानका अध्यक्ष मधुसुदन भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।



