Skip to main content

सरोकार पोस्ट

योजनाको बिलिङ्ग र डिलिङ्ग गर्न भन्दै कर्मचारीलाइ दिइएन् ३ महिना रमाना

Advertisement

प्यूठान । तीन महिना अघि लुम्बिनी प्रदेशले सरुवा गरेका उर्जा जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालय प्यूठानका प्राबिधिक अधिकृत देवनाथ पण्डितको सरुवा गत भाद्र ५ गतेनै भएको थियो । तर कार्यालयका हाकिम उमेश महतोले रमाना निदएका कारण सरुवा भएको कार्यालयमा नभै उनि पहिले कार्यरत कार्यालयमै कामकाज गरिरहेका छन् ।

कार्यालयमा प्राबिधिक ‍फाँट हेर्ने कर्मचारी हुँदाहुँदै पनि गत आ व को योजनाहरुको बिलिङ्ग र डिलिङ्ग गर्नुपर्ने भएका कारण उनलाइ रमाना नदिएको कार्यालय प्रमुख उमेश महतोले बताए । उनले भने, æगत बर्षका योजनाको काम प्रयाप्त बजेट नभएर सकिएको छैन, प्रदेश सरकारले उनको ठाउँमा अर्को कर्मचारी पनि खटाएको छैन, त्यसैले हिसाव मिलाउन उहाँलाइ रोकिएको हो । अव एकदुइ दिनमै रमाना दिन्छु । यसर्थ कार्यालयका योजनाको डिलिङ्ग गर्न कार्यालय प्रमुख महतोले उनलाइ आधार बनाएका छन् भन्ने पुष्टी हुन्छ । यस अघि नौबहिनी गाउँपालिका लुङखोलामा तटबन्द गर्न उपभोक्ता समिति गठन गर्दा पनि कार्यालयले वास्तविक उपभोक्ता नसमेटी आफ्नो अनुकुलमा गठन गरेको भन्दै बिरोध भएको थियो ।
उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय लुम्बिनी प्रदेश सरकारले अधिकृत पण्डितलाइ सिंचाइ डिभिजन कार्यालय कपिल्बस्तुमा २०८२ भाद्र ५ गते सरुवा गरीएको पत्र पठाएको थियो । लोकसेवा आयोग सम्बन्धिक कानुन अनुसार कुनैपनि कर्मचारीको सरुवा भएको १५ दिन भित्र सम्बन्धित कार्यालयमा हाजिर हुनु पर्ने प्रावधान छ ।
तर कार्यालय प्रमुखले तीन महिना सम्म रमाना नदिएर पुराना ठेक्काको हिसाव गर्ने भन्दै रोकेका बताए ।

कार्यालयमा योजनाको प्राबिधिक फाँट हेर्न प्रदेश सरकारले इ लोकेन्द्र रावललाइ पहिलेनै खटाइएको भएपनि योजनाबाट बिल मिलाउने बाहानामा कार्यालय प्रमुख महतोले कमिसनको खेलमा सरुवा भएका कर्मचारीलाइ ३ महिना सम्म रमाना निदइ कामकाज गराइरहेको नाम नबताउने सर्तमा एक कर्मचारीले बताए ।
कार्यालय प्रमुख महतोले टेन्डर प्रकृयाको बिज्ञापन र योजनाको आन्तरिक कोटेशनबाट कमिसनको खेलमा जिल्ला बाहिरै सेटिङ्गमा काम गर्दै आइरहेको जिल्ला स्थित सरोकारवालाहरुले बताउँदै आएका थिए । कार्यालयमा बिकल्पमा काम गर्ने कर्मचारी हुँदाहुँदै पनि सरुवा भैसकेका कर्मचारीलाइ रमाना नदिइ कामकाज गराइरहनुको मुख्ख कारण पनि योजनाका ठेगदार एवम् उपभोक्ताबाट कमिसन लिन सेटिङ्ग मिलाउने रहेको बताइएको छ । साथै जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालय प्यूठानको वयवसाइट समेट समेत नियमित अप्डेट छैन भने स्पष्ट सूचनाहरु उल्लेख छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

छुटाउनुभयो कि ?

O valor e os limites de comparar opções de entretenimento online

Uma comparação só é útil quando ajuda cada pessoa a responder às próprias prioridades, em vez de declarar uma opção vencedora para...

Exploring payment methods at 1Win India: fast, reliable, and secure options

In the ever-evolving world of online gambling, payment methods play a crucial role in ensuring a seamless experience for playe...

What to expect from 1Win India: a guide to secure payments and thrilling gameplay

As online gaming continues to evolve, platforms like 1Win India are becoming increasingly popular among players seeking exciti...

Zahraničné kasína pre Slovákov: Najlepšie promo ponuky, ktoré by ste nemali prehliadnuť

V súčasnosti sa čoraz viac Slovákov zaujíma o zahraničné kasína, ktoré ponúkajú atraktívne promo ponuky a široký výber hier. T...