Skip to main content

सरोकार पोस्ट

साहित्यमा विचारको महत्त्व

Advertisement

–मोहनविक्रम सिंह

–मोहनविक्रम सिंह

विचार र साहित्य अन्तर्सबन्धित विषय हुन् । साहित्यको शक्ति कति छ भन्ने कुरा उक्त साहित्यको विचारबाट थाहा  हुन्छ । साहित्यमा आउने विचारले समाजको संस्कृति निर्माण गर्दछ । संस्कृतिमा समाज अग्रगमनकारी हो   प्रतिगमनकारी ? त्यसको उत्तर प्राप्त गर्न सकिन्छ । विचारको विषयमा ठुला ठुला बहस हुने गर्दछन् । विचारमा सामाजिक विकासका उद्देश्य, लक्ष्य र मानव आकाङ्क्षा अन्तर्निहित हुन्छन् । त्यसरी विचार राजनीतिक र सामाजिक विषयको केन्द्र मात्र नभएर सांस्कृतिक विषयको पनि केन्द्र हुन्छ । विचारलाई केन्द्रमा राखेर नै कुनै पनि साहित्यको जन्म भएको हुन्छ । 

विचार मुख्यतः दुई प्रकारका हुन्छन्, क्रान्तिकारी विचार र यथास्थितिवादी विचार । अन्तमा यही कुरा नै सत्य हो । तर कहिलेकाहीँ विचार चार प्रकारले चरम रूपमा अस्तित्वमा आउने गर्दछ । यथास्थितिवादी, अवसरवादी, अराजकतावादी, क्रान्तिकारी । अराजकतावादलाई छुट्टै धाराको रूपमा नराखे पनि यथास्थितिबाट विचलित भएको र क्रान्तिकारी बन्न नसकेको बेलामा अराजकतावादी प्रवृत्ति समाजमा हाबी हुन पुग्दछ । अवसरवाद पनि छुट्टै धाराको रूपमा नभए पनि कुनै पनि पक्षबाट अर्थात् क्रान्तिकारी वा यथास्थितिवादबाट उत्पन्न भइरहेका हुन्छन् । वैचारिक सङ्घर्षको दौरानमा क्रान्तिकारी विचारले अन्य सबै विचारलाई प्रतिपक्ष बनाई तिनका विरुद्ध सङ्घर्ष गर्ने गर्दछ ।  

विचार विना कुनै पनि समाज अगाडि बढ्न सक्दैन । समाजमा परिवर्तन ल्याउनका लागि पहिले विद्यमान रहेको सामाजिक विचारधारा भन्दा उन्नत र क्रान्तिकारी विचारको आवश्यकता पर्दछ । तर सामाजिक विघटन र प्रतिक्रान्तिका लागि भने उन्नत र क्रान्तिकारी विचार चाहिँदैन । अराजक र प्रतिक्रियावादी विचारले सामाजिक विघटन र प्रतिक्रान्तिका लागि काम गर्दछन् । अराजकता योजनाविहीन हुनुका साथै इतिहासप्रति उपेक्षात्मक भाव राख्ने मान्यता हो । यदाकदा इतिहासलाई स्वीकार गरे पनि इतिहासमा भएका महान् उपलब्धिको सिर्जनात्मक विकासको प्रक्रियाप्रति त्यसले सही दृष्टिकोण अपनाउन सामर्थ्य राख्न सक्दैन । मानिसलाई झुक्क्याउने र आकर्षित गर्ने प्रकारका नारा दिएर अराजकताले यथास्थितिमा हलचल त ल्याउँछ तर त्यसले समाजलाई सही गन्तव्य देखाउन सक्दैन । समाजमा यथास्थिति र विसङ्गतिले उत्पादन गरेको बेथितिबाट मुक्ति पाउनका लागि असन्तुष्ट रहेका मानिसहरूलाई झुक्क्याउने र आकर्षित गर्ने नाराले छिट्टो र बेसरी प्रभाव पार्दछ । त्यसैको फाइदा स्वरुप उनीहरूलाई सत्ता राजनीतिको दौडमा केही क्षणिक प्राप्ति पनि हुने   गर्दछन् । प्रतिक्रियावादी, बुर्जुवा वा क्रान्तिकारी समाजमा समेत अराजकतावादी घटनाका इतिहास पाइन्छन् । 

मानवसमाज बारे फैसला गर्नका लागि विचारको केन्द्रीय महŒव रहेको हुन्छ । सोच्ने तरिकामा आएको महान् विकासको प्रक्रियासँगै हाम्रा वरिपरिका विभिन्न विषयमा विचार गर्ने र तिनीहरूबारे दृष्टिकोण बनाउने स्तरमा विचारको विकास भएको छ । विचारका आधारमा समाज वा राज्य कस्तो बनाउने भन्ने कुराको फैसला हुन्छ । हामीले उत्पादन सम्बन्धको जुन कुरा गर्दछौँ, त्यो वैचारिक दृष्टिले अत्यन्त प्रखर र स्पष्ट छ । समाजको आर्थिक प्रणाली कस्तो हुनुपर्दछ र सम्पूर्ण मानव जातिको समृद्धि के हो भन्ने कुरा पनि विचारमा नै देख्न सकिन्छ । 

सबै साहित्यमा विचार हुन्छ । साहित्यमा कुन विचार रहेको छ भन्ने कुरा मुख्यतः दुई र सामान्यतया चार प्रकारले थाहा पाउन सकिन्छ । विचारको किसिमबारे माथि उल्लेख भइसकेको छ । विचारले नीति, उद्देश्य, आचरण, विवेक र समस्या सुलहका कैयौँ आधार प्रदान गरेको हुन्छ । विचार समाजको दर्शन हो, जसले पथप्रदर्शन गरे अनुसार समाज अगाडि बढ्दछ । समाजलाई अगाडि बढ्नबाट रोक्ने पनि विचार हो अर्थात् त्यसमा पनि सामाजिक दर्शन रहेको हुन्छ । क्रान्तिकारी र प्रतिक्रियावादी एक सिक्काका विपरीत पाटा जस्तै हुन्छन् । दुबैमा आ–आÇनो दर्शन अन्तर्निहित रहेको  हुन्छ । 

यथास्थितिवादको शक्ति धेरै नै जब्बर हुन्छ । त्यो विद्यमान विश्वराजनीतिको चरित्र भएकोले त्यो विश्वकै राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक, प्राविधिक सांस्कृतिक रूपमा शक्तिशाली छ । एक प्रकारले यो भन्दा पनि हुन्छ कि यथास्थितिवाद संसारभरिको सत्ताको रूपमा रहेको छ । अहिले संसारमा शक्तिको शासन चलाइरहेको साम्राज्यवाद त्यही यथास्थितिवादी विचारको चरम उत्सर्जन हो । क्रान्तिकारी युगका लागि अहिलेको युग नै प्रतिक्रियावादी रहेको कुरा प्रस्ट छ । त्यस कारण अहिलेको प्रतिक्रियावादी युगमा क्रान्तिकारी विचारका लागि काम गर्नु महत्त्वपूर्ण र अनिवार्य छ ।

साम्राज्यवादले क्रान्तिकारी विचारलाई अस्तित्वमा  आउन नदिन प्रयत्न गर्दछ । त्यसका लागि त्यसले आÇना विभिन्न सञ्जाल संसारभरि फैलाएको छ । आÇनो सत्ता अनुकूल विचारको राजनीतिलाई त्यसको सञ्जालले आकस्मिक वृद्धि र विकास गराउँछ । अदृश्यमा रहेका शक्तिहरूलाई सत्तामा स्थापित गर्न सक्दछ र शक्तिबान रहेका शासकहरू विस्थापित हुन्छन् । आÇनो अनुकूल साहित्य भयो भने साम्राज्यवादी संयन्त्रले धेरै सक्रियताका साथ त्यसलाई सबैतिर फैलाउँछ । तर आÇनो प्रतिकूल साहित्यलाई ध्वस्त गर्ने प्रयास गर्दछ । विभिन्न चुनौती र बाधा खडा गर्दछ ।

वर्तमान समय सही क्रान्तिकारी विचारका लागि धेरै प्रतिकूल छ । क्रान्तिकारी विचारले डटेर लड्नुको विकल्प छैन । यसरी लड्न नसक्ने पात्रहरू पलायन भएर अराजकतावाद, अवसरवाद र यथास्थितिवादमा रूपान्तरित हुँदै जान्छन् ।  उनीहरूबाट सामाजिक परिवर्तनका लागि योगदान हुन सक्दैन । उनीहरूले विद्यमान राज्यव्यवस्थालाई बलियो बनाइराख्ने कामतिर जोड दिन थाल्दछन् र व्यक्तिगत स्वार्थमा चरम प्रकारले डुबुल्की मार्न थाल्दछन् । तर सबैमा त्यस्तो हुँदैन, क्रान्तिकारी विचारका साथ दृढताका साथ सङ्घर्ष गर्ने पात्र पनि हुन्छन् । उनीहरूले उत्साह र साहसका साथ लड्नुको विकल्प देख्दैनन् । वास्तवमा उत्साह र साहसका साथ लड्नु नै एक मात्र विकल्प हो । उनीहरूले सही गर्दै छन् र त्यही अनुसार नै क्रान्तिकारीहरूले सङ्घर्ष गर्नुपर्दछ ।

कुनै बेला क्रान्तिको महान् लक्ष्यका साथ उनीहरूले पहिले आफै रचना गरेको क्रान्तिकारी साहित्यलाई बिरानो मान्न थाल्दछन् । त्यसप्रतिको तिनीहरूको गौरवता हराएर जान्छ । कतिपय अवस्थामा त उनीहरू आÇना विगतका कार्यप्रति पश्चात्ताप गर्न पुग्दछन् ।

साहित्यिक कर्म सिर्जनात्मक गतिविधि हो । यसमा मन र बुद्धिको निकै उडान हुने गर्दछ । मन जत्तिकै बुद्धिले उडान गर्न सक्दैन । तर बुद्धिले जति उडान गर्न सक्दछ र उक्त उडानलाई मूर्त बनाउन त्यत्तिकै रूपमा वस्तुगत परिस्थिति अगाडि हुँदैन । सामाजिक योगदान वस्तुगत परिस्थिति अनुसार हामीले क्रान्तिकारी योगदान दिन सक्नु सबै भन्दा बढी राम्रो कुरा हो । द्वन्द्वात्मक भौतिकवादी सोचाइ, जसलाई साहित्यमा समाजवादी यथार्थवादी वा प्रगतिवादी सोचाइ पनि भन्ने गरिन्छ, त्यस अनुसार साहित्यको सिर्जना गर्नु कठिन छ र त्यसरी सिर्जना भएको साहित्यको कार्यान्वयन हुन पनि कठिन छ, किनभने क्रान्तिकारीहरूका लागि अनुकूल वस्तुगत परिस्थिति छैन ।

साहित्यमा विचारलाई प्रमुख मानिन्छ । यो मतसित बुर्जुवा वर्ग सहमत छैन । यद्यपि उसको साहित्यमा पनि विचार नै केन्द्रमा बसेको हुन्छ । कलालाई प्रमुख ठान्ने बुर्जुवा वर्गले आÇनो यथास्थितिवादी विचारका कारण जतिसुकै सुन्दर कला निर्माण गरे पनि त्यसलाई बहुसङ्ख्यक जनताका विरुद्धमा खडा गर्दछ । तर त्यसको ठिक विपरीत विचारलाई प्रमुख ठान्ने क्रान्तिकारी वर्गले आÇनो क्रान्तिकारी विचारका कारण कलालाई सुन्दर बनाउँदै त्यसलाई बहुसङ्ख्यक जनताको पक्षमा खडा गर्दछ ।

कलाको रूप पक्ष महत्त्वपूर्ण छ । तर त्यो भन्दा महत्त्वपूर्ण पक्ष हो यो कि कलाले परिभाषित गर्न खोजेको कुरा । त्यो कुरामा नै कुनै कलाको विचार थाहा हुन्छ । त्यसरी आँखाले कुनै कलालाई रूपमा सुन्दर देख्न सक्दछ, तर सारमा त्यो अन्तिम होइन, मुख्य कुरा विचार नै हो । विचार विनाको साहित्य भन्नुको अर्थ कमजोर विचारको साहित्य भन्नु हो । कलामा जतिसुकै सुन्दरता देखिने भए पनि विचारमा कमजोर छ भने त्यस प्रकारको साहित्यले बहुसङ्ख्यक जनताको सपना बोल्न सक्दैन । अर्थात् बहुसङ्ख्यक जनताको सपनालाई मूर्त युगमा पुर्याउन वैचारिक साहित्यले खेल्ने भूमिका धेरै उच्च हुन्छ । मानव जातिको कल्यानको लागि विचारले भरिएको साहित्यलाई आधारभूत वर्गसम्म पुर्याउनु अनिवार्य आवश्यकता छ ।        

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Fastest way to play Aviator Game India: official site access with seamless UPI and

The world of online casino gaming in India is evolving rapidly, and players are keen to discover trusted platforms offering bo...

Why Trung tâm dinh dưỡng TPHCM is trending for crash game players in India:

As online casino gaming surges in popularity across India, players are constantly searching for platforms that deliver both ex...

Fast-track your LMU Build casino experience: official site, bonuses, and secure player

The world of online casinos continues to evolve at a rapid pace, and LMU Build offers players in 2026 a comprehensive guide to...

Why Aviator Game India is the go-to crash game for real cash wins and

Playing at a casino in India is no longer just about traditional games—it’s about accessing exciting crash games and real cash...