Skip to main content

सरोकार पोस्ट

लुम्बिनीका मुख्यमन्त्री र सुदुरपश्चिम प्रदेश प्रमुख विच भेटवार्ता

Advertisement

बुटवल, १५ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ विच भेटवार्ता भएको छ । बुटवलमा शनिबार भएको भेटवार्तामा संघीयता कार्यान्वय र समन्वयलाई प्रभावकारी बनाउने बारेमा कुराकानी भएको छ ।

अन्तरप्रदेश विचमा असल अभ्यास र सिकाईहरुलाई आदानप्रदान गर्दै संघीयता कार्यान्वयनको पक्षलाई बलियो बनाउने, विकास परियोजा र कतिपय सामाजिक मुद्धाहरुको बारेमा समेत साझा नीति अवलम्बन गरेर अघि जान सकिने बारेमा मुख्यमन्त्री आचार्यले भनाई राख्नु भएको छ । प्रदेशलाई बलियो बनाउनेगरी अधिकारहरुको प्रत्यायोजन, कार्यान्वयन र सहकार्यलाई बलियो बनाउनेगरी प्रदेश सरकारले भूमिका प्रभावकारी बनाउदै लगेको, बनेका नीति नियमहरुको कार्यान्वयन गर्दै भ्रष्टाचार नियन्त्रण गर्न सरकरले अघि बढाएका योजनाको बारेमा जानकारी गराउनु भएको थियो ।‘समृद्ध लुम्बिनी, आत्म निर्भर प्रदेशको आकांक्षा पुरा गर्न प्रदेश सरकारले आफ्नो भूमिकाहरु बढाउदै लगेको छ । नीतिगत सुधार गर्दै हाल सम्म बनेका ऐन, कानुनहरुको कार्यान्वयनलाई समेत प्रभावकारी बनाउन ध्यान दिएका छौं’मुख्यमन्त्री आचार्यले भेटमा भन्नुभयो,‘योजना कार्यान्वयनमा देखिएका समस्याहरुलाई दिर्घकालिन रुपमा हल गर्नेगरी सरकारले भूमिका बढाएको छ ।’
प्रदेशहरुबीचको समन्वय तथा सहकार्यलाई प्रभावकारी बनाउने, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश सरकार विचमा समृद्धिलाई सघाउनका लागि साझा नीति तथा रणनीतिको बारेमा समेत छलफल भएको मुख्यमन्त्रीको नीजि सचिवालयले जनाएको छ । यसका साथै प्रदेशमा सञ्चालन हुने ठूला पूर्वाधार परियोजना, सिमावर्ती क्षेत्रहरुमा विकासका लागि समन्वयको हात बढाउने बारेमा पनि कुराकानी भएको छ ।

प्राकृतिक स्रोतहरुको साझा उपयोग र संरक्षण, प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षति न्यूनिकरण तथा खोज तथा उद्धारमा सहकार्य गर्ने बारेमा समेत चर्चा गरिएको छ । सुदुरपश्चिम प्रदेश प्रमुख नीजर मियाँले प्रदेशको विच सहकार्य, समन्वयलाई थप गति दिनेगरी भूमिका बढाउनुपर्ने बताउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Pinco’da yerel ödeme yöntemleriyle sorunsuz işlemler

Online casino oyunları, günümüzde eğlence ve kazanç sağlama açısından büyük bir ilgi görmektedir. Pinco, bu alanda sunduğu kal...

Pinco’da yerel ödeme yöntemleriyle sorunsuz işlemler

Online casino oyunları, günümüzde eğlence ve kazanç sağlama açısından büyük bir ilgi görmektedir. Pinco, bu alanda sunduğu kal...

Maximize your winnings: essential tips for fast payouts at online casinos

Online casinos have become increasingly popular, providing players with the chance to enjoy their favorite games from the comf...

Los secretos de las bonificaciones de casino: cómo jugar y ganar más

En el emocionante mundo de los casinos, las bonificaciones juegan un papel fundamental en la experiencia del jugador. Ofrecen ...