सरोकार पोस्ट

झिमरुक क्याम्पसका बिद्यार्थीलाई मानवअधिकार संबन्धि अभिमुखिकरण

Advertisement

प्यूठान । झिमरुक क्याम्पसका विद्यार्थीलाई मानव अधिकार सम्बन्धि अभिमुखिकरण गरिएको छ । मानवअधिकार संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यले एम्नेस्टी इन्टरनेसनल नेपाल समुह-३६ प्युठानले “मानवअधिकार शिक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम” संचालन गरेको हो ।

बढी भन्दा बढी व्यक्तिहरूलाई मानवअधिकारका विषयवस्तुहरूमा साक्षात्कार गराउन एम्नेष्टी प्युठानले अभिमुखिकरण गरेको हो । क्याम्पसमा मानवअधिकारसम्बन्धी ज्ञान र चेतना अभिवृद्धिका कक्षाहरू संचालन गरीएको संयोजक शिवराज श्रेष्ठले जानकारी दिनुभयो ।

अभिमुखिकरण कार्यक्रमको सहजीकरण एम्नेष्टी इन्टरनेसनल नेपाल समुह ३६ प्यूठानका निवर्तमान संयोजक कल्पना खड्का र सचिब लोकेन्द्र सुनारले गर्नुभएको थियो । उहाँले मानव अधिकार, एम्नेस्टी इन्टरनेशनल, एम्नेस्टी नेपाल लगायत बिषयमा प्रष्ट पार्नुभएको थियो ।

साथै सोही अवसरमा राईट फर राईट्स अभियान अन्तर्गत हस्ताक्षर कार्यक्रम गरिएको छ । एम्नेष्टी इन्टरनेसनल नेपाल समुह ३६ प्यूठानका कोषाध्यक्ष राधिका पन्थीले उक्त कार्यक्रमको सहजीकरण गरि हस्ताक्षर संकलन गर्नुभएको थियो ।

जिल्लाका करीब ५ सय ब्यक्तिलाई मानवअधिकार शिक्षा सम्बन्धि अभिमुखिकरण गर्ने लक्ष्य रहेको सह-संयोजक सुजल श्रेष्ठले बताउनुभयो । विद्यालय, क्याम्पस, समुह लगायतमा उक्त कार्यक्रम गर्न सकिने श्रेष्ठले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

वीरगञ्ज पुगेका दुर्गा प्रसाईं पक्राउ

वीरगञ्ज पुगेका दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं वीरग...
जग्गादेखि सडकसम्म : प्यूठानका पालिकाको संयुक्त छलफल

जग्गादेखि सडकसम्म : प्यूठानका पालिकाको संयुक्त छलफल

प्यूठान — संघीय सरकारले भूमिहीन सुकुम्बासी तथा सार्वजनिक जग्गा अतिक्रमणसम्बन्धी प्रतिवेदन माग गरेपछि प्यूठानका नौवटै स्थानीय तहका ...
अब लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात सेवा, सवारी नवीकरण र अस्थायी बाटो इजाजत अब आफ्नै जिल्लाबाट, सेवाग्राहीलाई ठूलो राहत

अब लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात सेवा, सवारी नवीकरण र अस्थायी बाटो इजाजत अब आफ्नै जिल्लाबाट, सेवाग्राहीलाई ठूलो राहत

भालुवाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि प्रदेशका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा विस्तार गर्ने नि...
डामृखोलामा मारुति भ्यान दुर्घटना : चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु

डामृखोलामा मारुति भ्यान दुर्घटना : चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु

प्युठान, १ जेठ प्युठानको माण्डवी गाउँपालिका–१ डामृखोलास्थित देबिस्थान–दाङ सडक खण्डमा मारुति भ्यान दुर्घटना हुँदा दुई जनाको घट...